logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु


अंकुरण खबर
949
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ ।