logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ११२ जना कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

काठमाडौं उपत्यकामा आज ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ९० जना, भक्तपुरमा ९ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज नेपालमा थप ३ सय २ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १५४ जना कोरोना संक्रमितको आइसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।