logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुदैँ


अंकुरण खबर
715
Shares

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

शुक्रबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएकोमा आजबाट पुन: निरन्तर सुनुवाइ हुने भएको हो ।

अघिल्लो आइतबारदेखि रिटमा निरन्तर सुनुवाइ भइरहेको छ । हालसम्म रिटमा ३५ जना कानुन व्यवसायीले बहस गरिरहेका छन । इजलासले समयमा निकै कडाइ गरेको छ ।

वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ वा १० मिनेटको समय निर्धारण गरिएको छ । रिट निवेदकका तर्फबाट बहस गर्ने सबै अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गैर संवैधानिक र पार्टी विवादमा संविधानमाथि गरिएको हस्तक्षेप भएको बताउँदै आएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणसहित सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा रिटमा हुनुवाइ हुनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध विभिन्न १४ रिट सर्वोच्चमा विचाराधिन छन ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।