logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


अंकुरण खबर
858
Shares

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हिमपात हुने सम्भावना रहेको हो ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि बाँकी भू-भागमा मौसम समान्यतया सफा रहने महशाखाको भनाइ छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने र तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।