logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने स्थिर


अंकुरण खबर
793
Shares

नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार छापावाला सुनको मूल्य  प्रतितोला ३०० रुपैयाँले घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ  ।