भारत र चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ । दुई महिनासम्म चलेको उच्चस्तरीय सैन्य संवाद लगत्तै नवौं चरणको वार्ता हुन लागेको हो ।
वार्तामा भारततर्फ एक्सआईभी कोर्पसका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बैठक सीमा नजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुनेछ । विदेश मन्त्रालयका केही प्रतिनिधिहरु पनि बैठकमा सहभागी हुने बताइएको छ । यसअघि डिसेम्बरमा भएको वार्तामा वास्तविक नियन्त्रण रेखामा देखिएका सबै तनाव हटाउन सैनिक फिर्ता गर्ने सहमति भएको थियो ।
चीनले सीमाबाट सैनिक नहटाएसम्म भारतले पनि नहटाउने जिकिर गरेका कारण त्यसको कार्यान्वयन हुन सकेको छैन । दुई देशविच नौ महिनादेखि पूर्वी लद्दाखमा तनाव छ ।
अहिले सीमाका दुवैतर्फ पचासरपचास हजार सैनिक तैनाथ छन् । सन् २०२० जुन १५ मा लद्दाखको गलवानमा दुई देशका सैनिकबीच भिडन्त भएको थियो ।