logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ सुरु


अंकुरण खबर
1.378K
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ आज पनि सुरु भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस सुरु गरेका छन् । उनलाई एक घन्टा समय निर्धारण गरिएको छ ।

यसअघि रमण श्रेष्ठले सुरुवातमा राजपत्रको विषयमा कुरो उठाएर बहस गर्न खोजेपछि इजलासले रोकेको थियो ।  त्यसपछि त्रिपाठीले बहस सुरु गरेका हुन् ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन् । गत आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको निरन्तररूपमा सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

अघिल्लो आइतबारदेखि रिटमा निरन्तर सुनुवाइ भइरहेको छ । ३०० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् । शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्।