घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ ।
दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर-भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।
भाउजूको हिजो बेलुकी ५:१५ बजे र देवरको राति ११:३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उपचारमा रहेका कोलीले भाउजूले के को पात दिएको र खाँदा बिरामी परेको बताएका थिए । देवर–भाउजू कहाँ जान त्यहाँ पुगेको हुन भन्नेबारे समेत खुल्नसकेको छैन ।
दुबैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मात्र मृत्युको कारण बारे विस्तृत जानाकारी आउन सक्ने जनाएको छ ।