logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन


अंकुरण खबर
884
Shares

प्रतिनिधि सभा विघटको सूचना छापिएको नेपाल राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेताहरु शशी श्रेष्ठ, कृष्णभक्त पोखरेललगायतले आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना शुक्रबार मात्रै सार्वजनिक भएको थियो ।

बिहीबार ९माघ ८ गते० सर्वोच्च अदालतमा बसहका क्रममा अधिवक्ताहरुले संसद विघटनको सूचना राजपत्रमा नछापिएको भनेर प्रश्न उठाएपछि अदालतले राजपत्र पेश गर्न भनेको थियो ।

त्यसपछि रातारात राजपत्र तयार पारी शुक्रबार सर्वोच्च अदालतको इजलासमा पेश गरिएको थियो ।