logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई


अंकुरण खबर
611
Shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका छन्।

मुख्यमन्त्री राईले आज काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन् । ४९ वर्षमा हिँडिरहेका राईले सन् २०१८ की २३ वर्षीया ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गरेका हुन्।

करिब २८ वर्ष उमेरको अन्तर रहेका यी दुईबीच प्रेम विवाह भएको बताइएको छ। भोजपुरको आमचोक गाउँपालिकाका मुख्यमन्त्री राईले संखुवासभाकी जाङ्मुलाई दुलही बनाएका हुन्। काठमाडौं बस्दै आएकी उनका बाबुआमा अमेरिकामा छन्।

परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ । बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएको देखिन्छन् ।

राईले सीमित नातागोता र नेताहरुबीच बिह गरेका हुन्। बिहे पार्टी भने प्रदेश १ को राजधानी बिराटनगरमै दिने भएका छन् ।