logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ९ अर्ब बढीको कारोबार


अंकुरण खबर
663
Shares

यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

आइतबार मात्रै ५० दशमबल २० अंकले नेप्से वृद्धि भएको हो ।  आइतबार नेपाल  लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ ।

आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ ।

गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।