नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसागै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।
हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।