पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १०३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा २५ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज नेपालमा थप २७० जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।