आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको हो ।
उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने र तराईका जिल्लाहरुमा बिहानीपख हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ ।