नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । गत शुक्रबारदेखि सुनको मूल्य लगातार घटिरहेको हो ।
आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।
सोमबार पनि चाँदीको मूल्य भने स्थीर रहेको छ । गत शुक्रबारदेखि चाँदीको मूल्यमा कुनै उचारचढाव नआएको महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।