logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ गते काठमाडौंमा जनसभा


अंकुरण खबर
3.874K
Shares

नेकपाको दाहाल-नेपाल समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १३ गते सिठ्ठी जुलुस गरिने भएको छ । यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम कार्यक्रम घोषणा गरिएको छ ।

माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने पनि दाहाल-नेपाल समूहले जनाएको छ । १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा सभा हुने भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले सम्बोधन गर्ने भएका छन् ।

यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली र २६ गते मसाल जुलुस हुने भएको छ । माघ २८ मा काठमाडौंमा विरोध सभा गरिने भएको छ ।

Prachanda-Nepal-program.jpg