प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सातादेखि निरन्तर बहस भइरहेको छ ।
रिट निवेदकहरुका तर्फबाट अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरुले बहस गरिरहेका छन् । आज सोमबार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् ।