logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा विरोध प्रदर्शनमा उत्रेका अधिकारकर्मी प्रहरी नियन्त्रणमा


अंकुरण खबर
754
Shares

प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले दर्जन बढी प्रर्दशनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा हालेको छ । प्रतिनिधि सभा विघटन विरुद्ध उत्रेकाहरूले ‘ओलीतन्त्र मुर्दावाद’, प्रतिनिधि सभा विघटन फिर्ता गर, मानव अधिकारको सम्मान गर, प्रहरी दमन बन्द गर’ लगायतका नारा लगाएका थिए ।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।