logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से हालसम्मकै उच्च विन्दुमा, ८ अर्ब ९० करोडको कारोबार


अंकुरण खबर
1.443K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) केही दिनयता निरन्तर उकालो लागेको छ ।

साताको दोस्रो दिन आज (सोमबार) पनि नेप्से दोहोरो अंकले उकालो लागेको हो ।

आज सोमबार नेप्से १६.०४ अंकले बढेर दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको छ । जुन विन्दु हालसम्मकै उच्च हो ।

आज शेयर बजारमा ८ अर्ब ९० करोड ३५ लाखको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने बाँकी घटेका छन् ।