logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिक्षक सेवा आयोगले छिट्टै करिब १२ हजार स्थायी शिक्षक र नयाँ लाइसेन्सको विज्ञापन गर्ने


अंकुरण खबर
2.613K
Shares

शिक्षक सेवा आयोगले करिब १२ हजार स्थायी शिक्षकको विज्ञापन गर्ने भएको छ ।

गत असोज १४ गतेदेखि पदाधिकारी बीहिन बनेको आयोगले पदाधिकारी नियुक्ति हुने वितिकै नयाँ स्थायी शिक्षकको विज्ञापन गर्ने गरि तयारी थालेको अंकुरण खबरसंगको कुराकानीमा आयोगका सूचना अधिकारी शुदर्शन मरहठ्ठाले जानकारी दिए ।

मरहठ्ठाका अनुसार आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि करिब १२ हजार पदको लागि विज्ञापन आव्हान गर्ने छ । उनका अनुसार खुल्लातर्फ प्राथमिक तहको तृतीयमा ९ हजार १ सय ६, निम्न माविमा विभिन्न विषय गरेर १ हजार ९ सय १३ र माविमा विभिन्न विषय गरेर १ हजार ४२ गरी जम्मा १२ हजार ६१ पदका लागि विज्ञापन खुला गर्ने तयारी छ ।

त्यस्तै २ हजार ६ सय ९१ बढुवा तर्फको रहने छन् । आयोगले बढुवा शिक्षकतर्फ प्रावि प्रथम तहमा ३ सय ८४, प्रावि द्वितियमा १ हजार ३ सय २५, निमावि प्रथमतर्फ ६९, निमावि द्वितियतर्फ ३ सय ६४, मावि प्रथमतर्फ ९९, मावि द्वितियतर्फ ४ सय ५० गरी जम्मा २ हजार ६ सय ९१ पदको विज्ञापन खुला गर्ने तयारी गरेको छ ।

यसरी जम्मा आएका रिक्त दरबन्दीमध्येबाट ५५ प्रतिशत खुलामा जाने छ र बाँकी रहेको ४५ प्रतिशत पदहरु मध्येबाट समावेशी तर्फ जाने छ। त्यस्तै आयोगले स्थायी अध्यापन अनुमति पत्र पनि पदाधिकारी नियुक्त भएपछि गर्ने छ । एक अध्यक्ष र दुई सदस्य रहने आयोगका पदाधिकारी मन्त्रिपरिषद्बाट सिफारीस गर्नु पर्ने हुन्छ ।