नेपालमा सोमबार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर कोरोना संक्रमणको कारण थप १० जनाको मृत्यु भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा देशभर थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।