logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

तराईमा हुस्सु र कुहिरो, प्रदेश १ मा तीन दिनसम्म हिमपातको सम्भावना


अंकुरण खबर
1.001K
Shares

आगामी तीन दिनसम्म प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसोसम्म हिमपात हुने भए पनि राति भने मौसम सामान्यतया सफा रहने जनाएको छ ।

माघ १४ र १५ गते पनि प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने र तराईका जिल्लाहरुमा बिहानीपख हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ ।