logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहले आज दिउँसो सिटी जुलुस गर्दै


अंकुरण खबर
1.131K
Shares

नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल समूह) ले आज सिटी जुलुस गर्दैछ ।

दाहाल-नेपाल समूहका युवा संगठन संयोजक रामप्रसाद सापकोटाका अनुसार काठमाडौंको लैनचौरबाट दिउँसो ३ बजे सिटी जुलुस सुरु गरिने छ । सापकोटाले प्रतिगमनविरुद्धको सिटी जुलुसमा सहभागी हुन पनि आह्वान गरेका छन्।

जुलुस असन, इन्द्रचोक हुँदै वसन्तपुरसम्म पुग्ने कार्यक्रम तय भएको छ।

दाहाल-नेपाल समूहले सोमबार संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको थियो। सोही कार्यक्रमअनुसार आज सिटी जुलुस गर्न थालिएको हो।

त्यस्तै १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहितको धर्ना कार्यक्रम हुनेछ।

१६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेको र दिउँसो १ बजे शान्तिवाटिकाबाट लैनचौर प्रस्थान गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। यसै गरी माघ १५ मा बुटवल, १६ मा विराटनगर र १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गरिने छ।

प्रदेश राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम, माघ २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गरिने विज्ञप्तिमा जनाइएको छ।

प्रतिनिधिसभा विघटन असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भन्दै दाहाल–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गर्दै आइरहेको छ।