logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने गिरावट


अंकुरण खबर
624
Shares

नेपाली बजारमा आरोलो लागेको सुनको मूल्य आज (मंगलबार) भने बढेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

आज तोलामा ४ सय रुपैयाँ बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्यमा भने केही गिरावट आएको छ । यसअघि चाँदी प्रतितोलाको १ हजार २ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ कायम भएको जनाएको छ ।