प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सातादेखि निरन्तर बहस भइरहेको छ ।
रिट निवेदकहरूका तर्फबाट अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले बहस गरिरहेका छन् । आज मंगलबार अधिवक्ता सम्भु थापाले बहस सुरु गरेका छन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन् ।