सुनसरी र संखुवासभामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी ७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । कुदिरहेको ट्याक्टरबाट लडेका रामधुनी ६ का २० बर्षीय फुल कुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी संखुवासभाको पाँचखपन ३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन ६ का २३ बर्षीय गोबिन्द कोइरालाको मृत्यु भएको छ ।
को २ त ५०१० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाइते भएका थिए । उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।