logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बामपन्थी नेता कुँवर ‘काजीबा’ लाई प्रचण्डले दिए श्रद्धाञ्जलि


अंकुरण खबर
1.3K
Shares

९४ वर्षको उमेरमा निधन भएका पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ लाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

चितवन पुगेर काजीबालाई प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार थिए । कुँवर वि.सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए ।

उनका २ छोरा र ४ छोरी छन् ।

भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका कुँवरले कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए ।

२०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएका उनी ०४३ सालको अन्त्य तिर गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए ।