नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंललबार २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ ।
हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ ।