पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १३४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज नेपालमा थप ३०३ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ७४९ जना कोरोना संक्रमितको आईसीयुमा र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।