logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ ?


अंकुरण खबर
1.235K
Shares

देशका अधिकांश स्थानको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसमविदले बताएका छन् । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

बुधबार दिउँसो प्रदेश १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकि क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमापातको सम्भावना छ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका क्षेत्रमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।