logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. सागरराज भण्डारीले लगाए कोरोना भाइरसविरुद्धको पहिलो खोप


अंकुरण खबर
1.573K
Shares

कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका हुन् ।

खोप लगाएपछि खुशी लागेको उनले बताए । उनले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो । डराउनुपर्ने कुरा छैन । त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु । स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु ।’

यस्तै, अस्पतालकै डा. अनुप बास्तोलाले पनि खोप लगाइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन् ।

सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइन शुरु गरिएको छ ।