सरकारी बाईकमा आएर बझाङमा खुँडा प्रहार गरी युवकको हत्या गरिएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का लखन अमृत सिंहको खुँडा प्रहार गरि हिजो साझँ करिव ७ बजे तिर घर जाने समयमा पछाडिबाट खुडा प्रहार गरी हत्या गरिएको हो ।
छबिसपाथिभरा गा पा वडानं २ का वडाध्यक्ष बिकास एैडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए । गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको खड्काले बताए ।
खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने प्रकाश एैडी र केदार एैडी फरार रहेकाले उनको खोजी कार्य भइरहेको बताइएको छ।
प्रहारीले खुँडा बरामद गरिएको जनाएको छ ।
आज सो घटनामा संग्लगन वडाध्यक्ष बिकास ऐडि लगायत संग्लगन सबै नेकपाका कार्यकर्तालाई कानुनी कटघरामा न उभ्याउदा सम्म काँग्रेस र काँग्रेसका विभिन्न भाृति संगठनहरूको दाबि रहेको छ । आज बझाङको सदरमुखकाम चैनपुर बजार बन्द गर्ने भन्ने बिषयमा अहिले छलफल र समन्वय भैरहेको काँग्रेसले जनाएको छ ।