logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ का तीन अस्पतालबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु


अंकुरण खबर
767
Shares

प्रदेश २ मा एकैसाथ तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी अस्पतालबाट खोप अभियानको शुभारम्भ गरे । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा आफैं पहिलो खोप लगाएर शुभारम्भ गरे ।

त्यस्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुभारम्भ गरेका हुन् ।

वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा नर्स हेमा थापाले पहिलो खोप लगाइन् भने गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स सुनिता थापाले पहिलो खोप लगाइन् ।