logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो नेप्से


अंकुरण खबर
2.964K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ ।

नेप्सेका अनुसार आज नेप्से १८.७६ अंकले बढेर दुई हजार चार सय ४१ दशमलब ८५ विन्दुमा पुगेको छ भने आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य ७ समूह घटेका छन् । आज ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा नेपाल लाईफ इनस्योरेन्स कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त र प्रभु लाईफ इन्स्योरेन्स रहेका छन् ।