आज देशभर कोरोना खोप लगाउन सुरु गरिएको छ । काठमाडौंको टेकुमा ८० वर्षीय बृद्धले पनि खोप लगाएका छन् ।
आज बिहान टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाएका हुन् । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई खोप लगाउन थालिएको हो ।
आजदेखि देशभरका फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई खोप लगाइएकोे छ । नेपालमा खोप लगाउन भारतले अनुदानमा दिएको थियो ।
भारतमा उत्पादन भएको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराएको थियो । भारतले दिएको १० लाख खोप चार लाख जनालाई लगाइनेछ ।