नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।
गत चौबीस घन्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण भएको छ ।