logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १४५ जना कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा १२२ जना, भक्तपुरमा जना ९ र ललितपुरमा १४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज नेपालमा थप २८३ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।