logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ


अंकुरण खबर
832
Shares

उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको चिनी उद्योग सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

त्रिपुरेश्वरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

राकेशको स्वामित्वमा नवलपरासीको प्रतापपुरम रहेको इन्दिरा सुगर मिलले किसानले पाँच करोड भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन् ।

अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज भने सर्लाहीमा छ । सो उद्योगले किसानको १७ करोड बक्यौता र्तिन बाँकी रहेको छ । उनी यसअघि पनि किसानको रकम भुक्तानी नदिएको आरोपमा २०७५ कात्तिकमा पक्राउ परेका थिए ।