logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्दै


अंकुरण खबर
1.768K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्ने भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दिउँसो १ बजे सभा आयोजना हुने भएको हो ।

सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा लुम्बिनी अञ्चलका ६ वटै र आसपासका जिल्लाबाट करिब २० हजार कार्यकर्ता सहभागी हुने आयोजकको दाबी छ ।

जुलुसमा सहभागीलाई तोकिएका नाराहरु मात्र लगाउन निर्देशन दिइएको संघर्ष समितिले जनाएको छ ।