logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको आजको तापक्रम २.२ डिग्री सेल्सियस


अंकुरण खबर
897
Shares

तराईमा आज पनि बाक्लो हुस्सु लागेको छ । दिउँसो अवेरसम्म पनि हुस्सु नखुल्दा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेख्य प्रणालीको विकास भएको छैन ।

आज तराईमा बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ । आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम २.२ डिग्री सेल्सियस छ ।

दिउँसो उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।