प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध सर्वोच्च अदालतमा परेका अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व-प्रधानन्यायाधीश र पूर्व-सभामुख दमननाथ ढुंगानाविरुद्ध परेका पाँच वटा अवहेलना मुद्दाको सुनुवाइ आज हुने भएको हो ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सबै मुद्दाको पेशी तोकिएको छ ।
अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधिसभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै उनीहरुविरुद्ध रिट दायर भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले, पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले र चार जना पूर्वप्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेका हुन् ।