प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।
अघिल्लो साताको आइतबारदेखि सुनुवाइ निरन्तर भइरहेको छ ।
आज (बिहीबार) को सुनुवाइको सुरुमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बहस गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन् ।