logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा झन भ्रष्टाचार बढ्दै गएको ट्रान्सपरेन्सी इन्टरनेशनलको निश्कर्ष


अंकुरण खबर
1.859K
Shares

नेपाल भ्रष्टाचार हुने देशहरुको ११७ औं नम्बरमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टको अनुसार नेपालमा झन् भ्रष्टाचार बढ्दै गएको उल्लेख गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारेको तथ्यांक सार्वजनिक गरेको छ । संसारभर एकसाथ सार्वजनिक गरेको सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंकमात्र प्राप्त गरेको छ ।

गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) मा रहेको थियो ।

विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो ।