logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरमा अवैध सुन र १७ लाख बढी रकम राख्ने एक जना पक्राउ


अंकुरण खबर
1.755K
Shares

जिल्ला प्रहरी कार्यालय डोटीले केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार छोराले भारतबाट चोरी गरी ल्याएको सुन र नगद घरमा लुकाएर राख्ने काली भुललाई पक्राउ गरिएको हो ।

उनको घरमा खानतलासी गरी एक किलो १०० ग्राम सुन तथा १७ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

भुललाई पनि पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, ‘सुन र रकम ल्याउने व्यक्ति फरार रहेका छन्, घरमा भएकी आमालाई अनुसन्धानका लागि ल्याएका छौँ, यसबारे विस्तृत अनुसन्धान सुरु भएको छ ।’

सुन अन्य व्यक्तिले पनि बाँडेर लगेको भन्ने खबर पाएको र संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।