logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचनसम्बन्धि छलफल गर्न निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो


अंकुरण खबर
1.378K
Shares

निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहलाई बोलाएको छ ।

आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार बिहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफल गर्न बोलाएको हो ।

छलफलमा अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी दुवै समूहका ५/५ जनालाई आयोगले बोलाएको छ ।

नेकपाको दुवै समूहले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको थियो तर आयोगले दुवै पक्षको दाबी नपुग्ने बताएको थियो ।