logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा दाहाल-नेपाल पक्षको बुटवलमा शक्ति प्रदर्शन


अंकुरण खबर
1.04K
Shares

नेकपा दाहाल-नेपाल पक्षले बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत दाहाल-नेपाल पक्षले बुटवलमा लुम्बिनी प्रदेशका नेता कार्यकर्ता भेला पारेर प्रदर्शन गरेको हो ।

सभामा सम्बोधन गर्न नेकपा दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बुटवल पुगेकेका छन् ।

कार्यक्रममा नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, चक्रपाणि खनाल, वर्षमान पुन, ठाकुर गैरे लगायतले सम्बोधन गर्ने नेकपाका नेता सिद्धिचरण भट्टराईले जानकारी दिए ।

बुटवलको राजमार्ग चौराहा, जितगढी, गोलपार्कबाट निस्केको विरोध जुलुसमा सहभागीहरुले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने, प्रतिगामी कदम फिर्ता गर्नुपर्ने जस्ता नारा लगाएका थिए ।