logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक इजलासमा ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको प्रशंग


अंकुरण खबर
1.157K
Shares

संघीय संसदको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई चलिरहेको छ ।

गत आइतबार (माघ ४ गते) देखि विषयवस्तु केन्द्रित भएर थालिएको बहसमा रिट निवेदकका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुले संसद विघटनका सम्बन्धमा प्रधानमन्त्रीलाई संविधानले कुनै विशेषाधिकार नदिएको जिकिर गरिरहेका छन् ।

संसद विघटनको निर्णय खारेजीको मागसहित दायर रिट निवेदकका तर्फबाट बिहीबारको सुनुवाईमा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका अञ्जु पन्तको गीत सम्झिए । बिहीबारको बहसका क्रममा अधिवक्ता घिमिरेले पन्तको गीत सम्झिँदै अहिलेको संविधान ‘न बिर्सेँ तिमिलाई, न पाएँ तिमिलाई’ भएको तर्क गरे ।

‘२-२ वटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधान अहिले न बिर्सें तिमिलाई, न पाएँ तिमिलाई जस्तै भएको छ । त्यसैले हामी संविधानको रक्षार्थ उभिएका छौं,’ अधिवक्ता घिमिरेले भने ।

बहसका क्रममा अधिवक्ता घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गरे ।