logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीसहित अपहेलना मुद्दा परेका सबैलाई आफैँ लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश


अंकुरण खबर
1.521K
Shares

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, चार जना पूर्वप्रधानन्यायाधीशहरु सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठ तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई ७ दिनभित्र अपहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले छुट्टाछुट्टै दायर गरेको मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार उक्त आदेश दिएको हो।

प्रधानमन्त्रीविरुद्ध परेको मुद्दामा सर्वोच्चले गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो, मागबमोजिम अपहेलनामा कारबाही किन हुनु नपर्ने हो, म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला।’

यही माघ ९ गते प्रधानमन्त्री ओलीले कार्की बेन्क्वेटमा आफ्ना पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ९४ वर्षीय अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाइ र बहसबारे टिप्पणी गरेका थिए। सो क्रममा अधिवक्ता भण्डारीलाई बाजे वकिल र बहसलाई तमासाको संज्ञा दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अपहेलना मुद्दा दर्ता गरेका हुन्।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो। सबै मुद्दामा आज सर्वोच्चमा सुनुवाइ भएको हो।