मकवानपुरको बकैया गाउँपालिका-४ छतिवनमा यात्रुबाहक बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् ।
मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना तीन ख ३३४४ नम्बरको बस आज बिहान धराना-चतरा सडकको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेमध्ये सातजनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई थप उपचारका लागि हेटौडा पठाइएको छ । सामान्य घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुढेमा उपचार गरिएको छ । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ ।
घाइतेहरुको इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी छतिवनका प्रहरीले उद्दार गरेको छ । दुर्घटनाको कारण खुलेको छैन ।