कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् ।
शिक्षामन्त्रीको नेतृत्वमा रहेको पाठ्यक्रम तथा मूल्यांकन परिषद्को बिहीबार भएको बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो।
पहिलो अनिवार्य विषयको रुपमा नेपाली, दोस्रो अंग्रेजी रहेको छ । ११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयको रुपमा गणित वा सामाजिक तथा जीवन उपयोगी मध्ये एउटा अध्ययन गर्नुपर्नेछ ।
यसअघि तेस्रो अनिवार्य विषयको रुपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो । नयाँ पाठ्यक्रम बनाउने क्रममा चौथो ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको थियो ।